पहिरो खस्दा पोखरा–बाग्लुङ सडक सोमवार रातिदेखि बन्द

 असार १५, २०७८ मंगलबार १३:४८:४९ | सन्तोष थापा
unn.prixa.net

फाइल फाेटाे

पर्वत – सोमवार (हिजाे) बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ सडक खण्ड बन्द भएकाे छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण हिजाे रातिदेखि सडक बन्द भएकाे हो । 

त्यस ठाउँमा सडकभन्दा झन्डै ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक बन्द भएकाे छ । सडकको दुवै तर्फबाट खसेकाे पहिराे हटाउने प्रयास भइरहे पनि सडक खुल्न आज बेलुकासम्म लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज अधिकारीले बताउनुभयो । त्यस ठाउँमा सामान्य वर्षा हुनेबित्तिकै पनि पटक–पटक सडक बन्द हुने गरेको छ ।

सडक बन्द भएपछि मालवाहक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामीहरू प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् । 

सडक बन्द हुँदा साविक धौलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँ पुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् । पहिराे खसेर विद्युत् पोल भाचिँदा हिजाे रातिदेखि बन्द धाैलागिरिका बाग्लुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत् लाइन आज बिहान ११ बजेमात्रै सुरु भएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया