डडेल्धुरा जीप दुर्घटना अपडेटः घाइतेको सङ्ख्या ९ पुग्यो

 भदौ १२, २०७५ मंगलबार १४:२०:४३ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते हुनेको सङख्या ९ पुगेको प्रहरीले जनाएको छ । 
मंगलबार स्थानीय देबलदिव्यपुरबाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप सदरमुकाम नजिकैको आइतबजारमा दुर्घटना भएको हो । 

जीपमा सवार चालक सहित १४ जना मध्ये ९ जना घाइते भएका छन् ।

घाइते सबैको उपचार उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया