पाल्पा : कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयका सेवा बन्द

 साउन २०, २०७८ बुधबार १३:७:१३ | देव पचभैया
unn.prixa.net

पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले साउन २९ गते सम्मका लागि आफ्ना सेवाहरु बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको हो । 

प्रशासनमा कार्यरत नौ जना कर्मचारीको कोरोना परीक्षणमा पाँच कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।  पाल्पामा कोरोना संक्रमणको जोखिम रहिरहेकाले  स्वास्थ्य मापदण्डको पालनामा जोड दिन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अहिले पाल्पामा तीन सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया