पर्वत : पहिराेमा पुरिएर पाँच जनाकाे ज्यान गयाे, तीन जना बेपत्ता

 भदौ १८, २०७८ शुक्रबार ९:१२:४८ | सन्तोष थापा
unn.prixa.net

पर्वत : पर्वतका विभिन्न ठाउँमा पहिरोमा परेर पाँच जनाको ज्यान गएकाे छ । तीन जना बेपत्ता भएका छन् ।

गएराति पहिरोमा परि कुश्मा नगरपालिका-३ दुर्लुङ्गमा दुई जना, कुस्मा-११ सिल्मीमा दुई जना र मोदी गाउँपालिका-५ आम्बोटमा एक जनाको ज्यान गएकाे हाे। 

लगातारको वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका-३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई जना मृत अवस्थामा फेला परेका हुन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ ।

पहिराेमा पुरिएका बेपत्ता भएका तीन जनाकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयाे । गएराति २ बजे घरमाथिबाट आएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका हुन् ।

यस्तै कुश्मा-११ सिल्मीमा पहिरोले घर पुर्दा स्थानीय मनिपाल पौडेलको घरमा पाहुना लाग्न आएका मोदी गाउँपालिका-७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उहाँका छोरा ६ वर्षीय गणेशको ज्यान गएकाे हाे ।

पर्वतकै मोदी गाउँपालिका-५ आम्बोटमा गएराति पहिरोले घर पुर्दा स्थानीय ५० वर्षीया फुलमाया थापाको ज्यान गएकाे छ । 

गएराति १ बजे घरमाथिबाट आएको पहिरोले थापालाई पुरेकाे हाे । पहिरोमा बेपत्ता हुनुभएकाे थापाकाे शव फेला परिसकेकाे प्रहरीले जनाएकाे छ । अविरल वर्षाका कारण बिजुली बत्ती  नभएकाले सञ्चार सम्पर्क विच्छेद हुँदा थप जानकारी नआएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया