प्रधानमन्त्री देउवाद्वारा बाढीपहिराे प्रभावितलाई थप राहतको व्यवस्था गर्ने प्रतिबद्धता

 कात्तिक ४, २०७८ बिहिबार १२:१९:२७ | मुना हमाल
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित ठाउँको अध्ययन गरेर प्रभावितलाई थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

आज बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न सुदूरपश्चिम प्रदेश जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले बाढी पहिराेबाट प्रभावित भएकाहरुलाई थप राहतको व्यवस्था गर्ने बताउनु भएकाे हाे । 

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले पनि ठूलो क्षति बेहाेर्नु परेको भन्दै जलवायु परिवर्तनको असरले गरेको क्षतिको बारेमा अन्तर्राष्ट्रियस्तरमा नेपालको समस्या उठान गर्ने समेत बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया