वाग्मतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित, आजै तीन मन्त्रीलाई शपथ खुवाउने तयारी

 कात्तिक ११, २०७८ बिहिबार ८:५७:३२ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - वाग्मती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छ । नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र  पाण्डे मुख्यमन्त्री बन्ने निश्चित छ । उहाँको शपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले हिजो नै प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसक्नु भएको छ ।

गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दाबी गर्नु भएको हो । पाण्डेले आजै चार सदस्य मन्त्रिपरिषद् गठन गर्ने तयारी  पनि गर्नुभएको छ । प्रदेश सरकारमा तत्काल नेकपा माओवादी केन्द्रका उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउनु हुनेछ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार निर्माण गर्न सहमति गरेको हो । प्रदेश सभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टीका दुई, राप्रपाका दुई र जसपा का एक गरी १०९ सदस्य छन् । प्रदेश सभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।

तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया