कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

 कात्तिक १६, २०७८ मंगलबार १७:५:१० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गर्नुभएकाे छ । आज मङ्गलवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष कांग्रेस नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे हाे ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आज बेलुका ७ बजेसम्म आह्वान गर्नुभएको थियो । त्यहीअनुसार उहाँले आज दाबी पेस गर्नुभएको हो । 

मुख्यमन्त्री दाबी पेस गर्नुभएका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ । आजै राति साढे ८ बजे हुने प्र्रदेश प्रमुख कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया