टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।
नेपाल र गणतन्त्र कोरिया (दक्षिण काेरिया) बीच आज बुधवार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई चाँडाे कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले ईपीएस अन्तर्गत नेपालका लागि कोटा सङ्ख्या बढाउन आग्रह पनि गरेको छ ।
बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताउनुभयो ।
दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्त्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार ईपीएस सम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवम् नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भन्नुभयो ।
बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचार–विमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो । छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्र सङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।
थापा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो भने र कोरियाली प्रतिनिधिमण्डलमा दक्षिण एसियाली तथा प्रशान्त मामिला ब्युरोका महानिर्देशक सङ्ग्र्योल लीसहित कोरियाली परराष्ट्र मन्त्रालय, यहाँ रहेकाे कोरियाली दूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक र प्रतिनिधि सहभागी थिए ।
आज नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग महानिर्देशक सङ्ग्र्योल लीले शिष्टाचार भेट गर्नुभयो । भेटमा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।