वाग्मती प्रदेशमा ७ वटा मन्त्रालयलाई १४ पुर्याइयो : भागबन्डा मिलाउन एउटै मन्त्रालय तीन टुक्रा

 मंसिर १८, २०७८ शनिबार १०:३:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्याएको छ । प्रदेशको गठबन्धन सरकारमा सहभागी दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाइएको हो । वाग्मती प्रदेश सरकार स्थापना हुँदा ७ वटा मन्त्रालय मात्र भए पनि अहिले १४ वटा पुगेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो ।

अहिले प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले एउटै मन्त्रालयलाई तीन टुक्रा पारेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले तीन वटा भएको छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय भएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालय अब फेरि फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बनाइएको छ । त्यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ । मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छ । पाण्डे नेतृत्वको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्ण खनाल, आर्थिक मामिला तथा योजना मन्त्रीमा शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा निमा लामा, सामाजिक विकास मन्त्रीमा कुमारी मुक्तान हुनुहुन्छ ।

प्रदेश नियमावली २०७४ को ७ अनुसार कार्य विभाजन तथा हेरफेर गरिएको हो । प्रदेशमा मन्त्रालय सङ्ख्या थपिएसँगै आर्थिक भार बढ्ने भएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया