रुकुम पश्चिम : श्रीमतीकाे घाँटी थिचेर हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

 पुस १९, २०७८ सोमबार १३:५७:१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् ।

बाँफिकोट गाउँपलिका-९ की २६ वर्षकी कमला खनालकाे हत्या आराेपमा उहाँका श्रीमान् दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् । 

गएकाे शुक्रवार राति आफ्नै काेठामा झुण्डिएकाे अवस्थामा कमलाकाे शव फेला परेकाे थियाे । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेकाे खुल्न आएकाे बताउनु भएकाे छ ।

खनालले रक्सी खाएर श्रीमतीकाे हत्या गरी सलले झुण्याइ दिएकाे बयान दिएका प्रहरी निरीक्षक शर्माले बताउनुभयाे ।

जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया