गुरुकुल थिएटर फेरि सञ्चालनमा

 माघ २, २०७८ आइतबार ९:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आएको छ ।

काठमाण्डौको थापागाउँमा हिजो चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा गुरुकुल थिएटरको उद्घाटन गर्नुभएको हो ।

काठमाण्डौ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि गुञ्ज थिएटरमा गुरुकुल सञ्चालनमा ल्याइएको थिएटरका सञ्चालक तथा रङ्गकर्मी सुनिल पोखरेलले बताउनुभयो ।

उद्घाटनलगत्तै हिजैदेखि थिएटरमा सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मञ्चन भएको छ । यसअघि २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुल थिएटरको स्थापना भएको थियो ।

जग्गा अभावका कारण २०६८ सालमा बन्द भएको थिएटर फेरि सञ्चालनमा आएको हो । 

तस्बिर : सुनिल पाेखरेलकाे फेसबुक

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया