सीके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी ताेडफाेड, प्रदेश सांसद र मेयर घाइते

 माघ १२, २०७८ बुधबार १४:४८:३५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट मधेस प्रदेशका सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिका मेयर गणेश प्रसाईं घाइते भएका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न जाँदै गर्दा प्रदेश सांसद यादव र मेयर प्रसाईं सवार सरकारी नम्बरको गाडीमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । सांसद यादवलाई जानकी मन्दिर नजिकै र मेयर प्रसाईंलाई राम मन्दिर नजिकै उनीहरूले आक्रमण गरेका थिए । सांसद यादवको हातमा चोट लागेको छ भने मेयर प्रसाईंकाे टाउकोमा चोट लागेको बताएको छ ।  

आज बुधवार बिहानैदेखि जनमत पार्टीका कार्यकर्ताले ‘पहिले मल खाद देऊ अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । जनमत पार्टीका कार्यकर्ताले बाँसको लाठी बोकेर प्रदर्शन गर्न थालेपछि नियन्त्रण गर्न केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

प्रदर्शनकारीको सङ्ख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ । जनकपुरमा अहिले पनि जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ । तोडफोडमा संलग्न केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया