सर्लाहीमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते

 माघ १४, २०७८ शुक्रबार १०:३५:३० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । 

भैरहवाबाट विराटनगर जाँदै गरेकाे  लु २ ख ४७५७ नम्बरको यात्रु बस आज बिहान हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । 

दुर्घटनामा परि गम्भीर घाइते भएका रुपन्देही जिल्ला श्रीकटन गाउँपालिका-१२ की २५ वर्षीया कृतिका चौधरी र चितवन जिल्ला खैरहनी नगरपालिका-७ का ३६ वर्षीय पसुराम फुयाँललाई उपचार लागि वीरगञ्ज र भरतपुर  पठाइएकाे छ । घाइते भएकामध्ये धेरैको हात खुट्टा भाँचिएको प्रहरीले जनाएकाे छ।

सामान्य घाइते भएकाहरुको भने हरिवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • शाहिद मिक़रानी

    Jan. 28, 2022, 3:14 p.m.

    Driver must have attention in winter season because of fog.

  •  0 Reply

तपाईको प्रतिक्रिया