सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, १३ जना घाइते

 माघ १६, २०७८ आइतबार १०:१४:१६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।

शनिवार  राति  सिरहाको बरियारपट्टीबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ७५३ नम्बरको रात्रि बसले ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सर्लाहीका ईश्वरपुर नगरपालिका– १२, घर भएका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्कालाई उपचारको लागि राति नै वीरगञ्ज पठाइएको छ भने बस पल्टिँदा घाइते भएका १२ जना यात्रुको लालबन्दीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया