हिमपातले दुई दिनदेखि अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

 माघ २२, २०७८ शनिबार ९:४१:४३ | विमल बिष्ट
unn.prixa.net

डोटी - बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएकाे भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेकाे छ । 

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएकाे कारण सञ्चालन हुन नसक्दा यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।

डोटीको सिलुगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सह सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि याे राजमार्ग सञ्चालनमा आउने छ। भीमदत्त राजमार्गको  साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले यातायात सञ्चालनमा आउन नसकेको प्रहरी चौकी गैराले जनाएको छ ।

राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा गाडी तथा यात्रुहरु अल्पत्रमा परेका छन् । राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

राजमार्गमा अहिले पनि हिउँ परिरहेको राजमार्गमा रोकिएका डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया