डोटीमा कोरोना जोखिम बढेपछि कैदीबन्दीसँगको भेटघाट बन्द

 माघ २३, २०७८ आइतबार ११:४२:४ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डाेटी – डोटीमा कोरोना सङ्क्रमण बढेपछि यहाँको कारागार प्रशासनले कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाटलाई बन्द गरेको छ । कैदीबन्दीसँग भेटघाट गर्दा भिड बढ्ने तथा कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

कामका लागि भारत गएका यहाँका नागरिकहरु अहिले घर फर्किने क्रम बढेपछि उनीहरुबाट कोरोना सङ्क्रमण भित्रिएको चिकित्सकहरु बताउँछन् । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा कोरोना सङ्क्रमित दैनिक बढ्दै गइरहेका छन्, कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्नसक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म हामीले भेटघाट बन्द गरेका छौँ ।”

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको उहाँको भनाइ छ । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ । कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वरेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।

कुल क्षमता ४५ जना रहेको जिल्ला कारागारमा हाल विभिन्न मुद्दाका ५० जना पुरुष बन्दीहरुलाई राखिएको छ । जिल्लामा कम्तीमा पनि दुई सय जना भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया