सर्लाहीमा आगाेले जलेर एक जनाकाे ज्यान गयाे

 फागुन २, २०७८ सोमबार १०:२७:१३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टीमा आगोले जलेर एक जनाको ज्यान गएको छ ।

बिहान घर नजिकैको सडक छेउमा ६६ वर्षीय रामआशिष साहको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको  शरीरमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाले  बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । उहाँको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयो ।

राति घरमै सुतिरहेका साह कसरी सडकमा पुग्नुभयो र आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया