अब पे–टिएम, गुगल–पे, फोन–पे मार्फत नेपालका बैंकमा रकम पठाउन सकिने

 फागुन ७, २०७८ शनिबार १२:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित् युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालन गर्ने भएको छ ।

यसका लागि भारतको एनपीसीआई इन्टरनेशनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै अब विभिन्न बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपालका कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो । 

साथै यस् सेवाको सुरुवात सँगै भारतीयहरु नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत – क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले बताउनुभयो । प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरु सरु हुने र एनपीसीआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Jhaman singh gurung

    Feb. 21, 2022, 2:15 p.m.

    अत्ति राम्रो खास गरी भारत प्रवास मा बस्ने आम नेपाली जनता लाई सजिलो हुने भयो धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया