सर्लाहीकाे विष्णु गाउँपालिकामा स्यालले टाेक्दा १५ जना घाइते

 फागुन १०, २०७८ मंगलबार २०:७:४३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका २ मा स्यालले टोक्दा १५ जना घाइते भएका छन् । आज मङ्गलवार बिहान घरमा बसिरहेका स्थानीयवासीलाई गाउँमा पसेको स्यालले टोकेको हो ।

गाउँमा पसेको स्यालले मान्छेसहित पशुलाई पनि टाेकेकाे स्थानीयवासीले बताएका छन् । स्यालको टोकाइबाट घाइते भएकामध्ये ६ जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने बाँकी ९ जनालाई थप उपचारका लागि सरुवा रोग अस्पताल टेकु पठाइएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । 

स्यालले टाेकेका सबैलाई रेबिजविरुद्ध खोप लगाएको छ । स्याललाई गाउँलेहरूले मारेका छन् । यसअघि हरिपुर नगरपालिका ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया