मेला हेरेर २ जना माेटरसाइकलमा महाेत्तरी आइरहेका थिए, दुर्घटनामा ज्यान गयाे

 फागुन १८, २०७८ बुधबार १४:५६:२९ | रामबाबु खड्का
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका २ अमुवा खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

हरिपुरमा लागेको चितईन मेला हेरेर महोत्तरी औरही जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल हिजाे मङ्गलवार राति अमुवा खोलाको पुलबाट खस्दा महोत्तरीको औरही नगरपालिकाका चन्दनकुमार साह र सर्लाही कविलासी नगरपालिकाका रामविश्वस मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीेले जनाएको छ । 

आज बुधवार बिहान १० बजेतिर पुलमुनि मोटरसाइकल र मृतकको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया