कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित

 फागुन २३, २०७८ सोमबार १४:१३:३३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । 

आज साेमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो । आज बिहान ९ बजेदेखि पब्लिक माध्यमिक विद्यालयमा मतदान हुने भनिएको थियोे । चुनाव स्थगित भएपछि तोकिएकाे समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल बाहिर नाराबाजी गरिरहेका छन् । 

संस्थापन पक्षले इच्छाएको व्यक्तिलाई मतदान गर्न दिनपर्ने र संस्थापन इतर पक्षले इच्छाएकाे व्यक्तिकाे साटो परिवार वा नातागोतालाई मात्र मतदान गर्न दिनपर्ने अडान राखेपछि विवाद भएको हो । मतदान नगर्ने उद्देश्यले संस्थापन इतर पक्ष लागिपरेको संस्थापन पक्षको आरोप छ भने इतर पक्षले हिजो बनाएको आचारसंहिता आज आफैँले नमानेको बताएको छ ।

जिल्ला अधिवेशनअन्तर्गत सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर पक्षबाट लक्ष्मण राय सभापतिका लागि चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया