दान गरिएकाे जग्गामा बनेकाे विद्यालय भवनकाे उद्घाटन

 फागुन २४, २०७८ मंगलबार १९:४६:६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको साेहरवामा दान गरिएकाे जग्गामा बनेकाे विद्यालयकाे भवन आज मङ्गलवार उद्घाटन भएकाे छ । साेहरवका जगरनाथ साहले गोडैता नगरपालिका–४ सोहवामा रहेको जगरनाथ राजकुमारी प्राथमिक विद्यालय रोहवालाई ८४ लाख रुपैयाँ बराबरको जग्गा दान गर्नुभएकाे थियाे । 

साहले गोडैता नगरपालिका–४ रोहुवामा आफ्नो नाममा रहेको आठ कट्ठा १० धुर जग्गाको जग्गाधनी पुर्जा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादवलाई हस्तान्तरण गर्नुभयो । नयाँ विद्यालय भवन बनाउनका लागि विद्यालयले जग्गादाताको खोजी गरेपछि साहले गएकाे कात्तिक महिनामा जग्गा प्रदान गर्नुभएको थियो । उहाँले विद्यालयलाई जग्गा दान गरेपछि अहिले त्यस जग्गामा सरकारको ६० लाख रुपैयाँको अनुदानमा चारकोठे पक्की भवन बनेकाे हाे । 

विद्यालयलाई जग्गा दान गरेर सहयोग गरेको भन्दै साह र उहाँकी पत्नी राजकुमारीलाई विद्यालयले फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया