कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

 फागुन ३०, २०७८ सोमबार ७:५४:८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी हुनुभएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ । रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि  एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन् ।

उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवले १ हजार ७६४ मत र संस्थापन इतरका नविन अधिकारीले १ हजार ४९३ मतका ल्याएर विजयी हुनुभएको छ । संस्थापनका उपसभापतिका प्रत्यासी शेख शादुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ मत र मनोज यादव १ हजार ४२६ मतका साथ  निर्वाचित हुनुभएको छ । संस्थापन इतरका सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ मत र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र ल्याउनु भएको छ । त्यसैगरी सह–सचिवमा संस्थापनका नै इन्द्रबहादुर योञ्जन १ हजार ७११ मत र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभएको छ ।

मतगणना हुन बाँकी रहेका जिल्ला सदस्यहरुको मतगणना रातिबाटै सुरु भएको छ । यसअघि सर्लाहीमा  कांग्रेसको १४ औँ  अधिवेशनको पटकपटक मिति तोकिए पनि स्थगित हुँदै आएको थियोे।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया