सर्लाहीकाे बयलबासमा झडप, सङ्घीय सांसद प्रमोद साह घाइते

 चैत १२, २०७८ शनिबार १२:२२:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेकाे बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते हुनुभएकाे छ।  

स्थानीय युवा र सांसद साह पक्षबीच  झडप हुँदा स्थानीयले हानेको  ढुङ्गा लागेर सांसद साह घाइते हुनुभएकाे हाे । 

सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले  जनाएको  छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने विषयमा दुई पक्षीबीच भनाभन हुँदा झडप भएको हो।

प्रदर्शनमा उत्रिएका स्थानीयले सांसद साहको सुरक्षाका लागि खटिएका पीएसोको पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोली खोसेर पीएसोमाथि आक्रमण गरेको बताइएको छ । खोसिएको पेस्तोल र गोली स्थानीयले केही समयपछिनै प्रहरीलाई बुझाएका छन् ।

ढुङ्गा लागेर घाइते भएका साहलाई स्थानीय अस्पतालमा उपचार गरी थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भइरहेको छ। प्रहरीले भिडलाई तितरबितर पारेर घटनास्थललाई नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया