सर्लाहीको हरकठवामा आगलागी, १४ घर जले

 चैत १२, २०७८ शनिबार १९:३९:१७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आज दिउँसो आगलागी हुँदा १४ घर जलेका छन् । स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले १४ घरमा क्षति गरेको हो ।

आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिनुभयो ।

दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलले तीन घण्टापछि निभाइएको थियो ।

प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान लगायतको  घर जलेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • deben kiahor anjan

    March 26, 2022, 7:47 p.m.

    सावधानी अपनाउनु पर्ने र धयान दिनु पर्ने कुराहरु चैत बैसाख को महिनामा धेरै जस्तो आगलागी हुने डर हुदा होसियारी अपनाउनु पर्ने कुराहरुमा ध्यान दिनुस घर बाहिर सुकेका पत्कर र झिक्रा अनि घसेटाहरु नराख्नुस बच्चा बच्ची वालबालिकाहरुले भेट्ने ठाउमा लाइटर सलाइ नराख्नुस बहिर हिड्डुल गर्दा चुरोट बिडि र सुर्ती नखानुस यदि खाईहाल्नु भयो भने पनि जताततै नफाल्नुस त्यस्लाई राम्रो संग निभाएर मात्र फाल्ने गर्नुस आगोले छिटो टिप्ने जस्ता चिजहरुलाइ आगो बाट अलग राख्नुस यसो गर्नु भयो भने ठूलो क्षती हुन बाट वच्न सकिन्छ बेलैना सचेत हुनुस र सबैलाइ सचेत गराउनु होला | #चेतना_भया

  •  0 Reply

तपाईको प्रतिक्रिया