सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे

 चैत १४, २०७८ सोमबार १९:२१:१० | रामबाबु खड्का
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । आज साेमवार दिउँसाे भएकाे दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र  मोटरसाइकलको पछाडि बसेका २६ वर्षीय मकवुल लहेरीको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको हो भने लहेरीको थप उपचारका वीरगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

कविलासी नगरपालिका १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीकाे पोलमा ठोक्किएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया