सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकी घोषणा
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानको स्वाद विश्वव्यापीकरण गर्नमा शेफहको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले आज सोमवार आयोजना गरेको बीबीसी मास्टर शेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नाथुमका शेफहरुले बनाउने नेपाली खानाको स्वादलाई विश्वव्यापी रूपमा फैलाउनुपर्याे । नेपाली खानाको विश्वव्यापीकरणमा यहाँहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।’
यसैगरी मन्त्री आलेले बीबीसी मास्टर शेफको अन्तिम चार प्रतिस्पर्धीलाईस्वागत गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो । कोभिडले धराशायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि महत्त्वपूर्ण भुमिका खेल्नसमेत सेफहरूलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममै मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धनका लागि निर्मल पुर्जालाई पर्यटन दूतका रूपमा नियुक्त गर्नुका साथै भारतका अभिनेतासलमान खानसँग भर्चुल मिटिङ गरी नेपालको पर्यटन क्षेत्रमा कोरोनाको कुनै असर नरहेको सन्देशसमेत दिनुभएको थियो ।
बीबीसी मास्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्टहरू सन्तोष शाह, एलेक्स वेब, बार्ट भान डरली र फिली आर्मिटेज (माटिन) रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।