गोरखामा सत्ता गठबन्धन भत्कियो : एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

 बैशाख ११, २०७९ आइतबार १२:१०:२५ | किरण लोहनी
unn.prixa.net

गाेरखा - नेपाली कांग्रेस गोरखाले आउँदाे पालिका चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । आइतवार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गाेरखा कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले ८ पटकसम्म बसेको गठबन्धन संयन्त्रको बैठकबाट सहमति जुट्न नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘गठबन्धनका केही राजनीतिक दलको महत्वाकाङ्क्षा र राजनीतिक अपरिपक्वताका कारण गठबन्धन जोगाइराख्ने अवस्था अन्त्य भएको दु:खका साथ जानकारी गराउँछु।’

२०७४ सालको पालिका चुनावमा कांग्रेसले जिल्लाका ११ पालिकामध्ये ९ पालिकाको प्रमुख जितेको थियो । अहिले सहमतिका लागि यसअघि जितेका पालिकाको प्रमुख पदको दाबी छोड्दा समेत सहमति बन्न नसकेको सभापति न्यौपानेको भनाइ छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहमतिका लागि लचिलो बने पनि जनता सामाजवादी पार्टीले भने कम्तीमा २ वटा पालिकाको प्रमुख पाउनु पर्ने अडान नछोडेपछि सत्ता गठबन्धन बनाएर पालिका चुनावमा जाने सम्भावना सकिएको उहाँले बताउनुभयो ।

‘जिल्लामा हाम्रो सङ्गठनको तागत र बल अनि पार्टीका साथीहरुको मनोभावना समेत बुझेर एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो, केन्द्रले पनि मित्रवत् प्रतिस्पर्धा गर्न सक्ने भनेको छ’ सभापति न्यौपानेले भन्नुभयो, ‘गठबन्धन वा गठबन्धन बाहिरका कुनै पनि दलसँग अब तालमेल हुँदैन तर संवादको ढोका भने बन्द गरिएको छैन।’

जिल्लाका ११ वटै पालिका र ९४ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने जिल्ला कार्यसमितिको निर्णयसँगै उम्मेदवार छनाेटको काम तीव्र रुपमा अघि बढाइएको नेपाली कांग्रेस गोरखाले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया