शेयर बजार आज झन्डै ३५ अङ्कले घट्यो, २ अर्ब ४ करोड रुपैयाँको कारोबार

 वैशाख १२, २०७९ सोमबार १५:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ९६ अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ९५ अङ्कले घटेर दुई हजार तीन सय ८६ दशमलव शून्य एक विन्दुमा झरेको छ । 

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

दुई सय ३९ वटा कम्पनीका ५० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब चार करोड २२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको आठ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सेन्ट्रल फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घट्दा पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया