हेटाैँडामा गठबन्धनबाट मेयरमा लामा र उपमेयरमा बानियाँकाे उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९ सोमबार १७:३२:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटाैँडा उपमहानगरपालिकाको मेयरमा मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज साेमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बानियाँले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । लामा हेटौँडाकै पूर्वउपमेयर हुनुहुन्छ भने र बानियाँ हेटौँडा ५ का पूर्वअध्यक्ष हुनुहुन्छ । 

सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट मीनाकुमारी लामा मेयर पदमा उम्मेदवार बन्नुभएको हो भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बन्नुभएको हो । सत्तारुढ गठबन्धनबीच हेटौँडा उपमहानगरको कतिपय वडामा तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि उपमहानगरको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरूमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौँडा–२ मा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् । 

त्यस्तै कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादीलगायतका पार्टीले हेटौँडाको १९ वटै वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले छुट्टाछुुट्टै मनोनयन दर्ता गराएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया