माटाे फाल्ने क्रममा लाेडर पल्टिँदा २ चिनियाँ नागरिककाे ज्यान गयाे

 बैशाख १९, २०७९ सोमबार १९:३९:२६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा लोडर पल्टिँदा दुई जनाको ज्यान गएको छ । लाेडर पल्टिँदा अन्य चार जना घाइते भएका छन् ।

बकैया गाउँपालिका ११ जितपुर भञ्ज्याङमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग) मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरूको ज्यान गएको हो ।

लोडरमा पाँच जना चिनियाँ नागरिक र एक जना नेपाली रहेका थिए । बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया