पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

 जेठ ६, २०७९ शुक्रबार १६:४२:१९ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको सखुवा प्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी जसपाले जित हात पारेकाे छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित हनुभएकाे छ । उहाँले निकट प्रतिस्पर्धी तथा पूर्व पालिका अध्यक्ष प्रदीप जयसवाललाई १ हजार ८ सय ३१ मतले हराउँदै उहाँ विजयी हुनुभएकाे हाे ।

यस्तै उपाध्यक्षमा जसपाकी उम्मेदवार शर्मिला बिष्ट ४ हजार ४ सय ६८ मतसहित निर्वाचित हुनुभएकाे छ । नेकपा एमालेकी फूलमतीकुमारी थारुलाई २ सय १२ मतान्तरले पछि पार्दै बिष्ट विजयी हुनुभएकाे हाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया