अर्घाखाँची : उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

 जेठ १९, २०७९ बिहिबार १७:४०:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची – नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो । 

भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ । भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ । 

पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया