मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४ सय ५० जना जाँदै

 असार २१, २०७९ मंगलबार १८:१३:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज मङ्गलवार आयोजित एक कार्यक्रममा मलेसियाको विस्ट्रन टेक्नोलोजी र नेपालमा रहेकाे मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । 

सम्झौतापत्रमा विस्ट्रन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार यस कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । 

मलेसियाको याे कम्पनीले पहिलो चरणमा चार सय ५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट एक सय ४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट एक सय ७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाण्डाैमै आएको छ । यही बुधवार र बिहीवार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । 

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताउनुभयो । कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ, उहाँले भन्नुभयो, नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।

याे कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । याे कम्पनीमा विभिन्न देशमा गरी झन्डै ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताउनुभयो । 

याे कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका साथै भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । 

आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुवात गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताउनुभयो । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको याे मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

27 Comments

  • Rajan adhikari

    Aug. 24, 2022, 1:39 p.m.

    i m also 3years worked manufacturing company in malaysia so this company also may be good so i will go want for work.

  •  0 Reply
  • shyam poudel

    Aug. 24, 2022, 1:01 p.m.

    It's me Shyam poudel I'm permanently from farping & Presently from Ason Kathmandu I'm 24 year's old My family members 7 I'm por family be longs I'm +2 above Geetanjali school and college Naya bazar sorakhutte I have job experience 1 years 6 month hotel vintuna & my training senter( hotel aagaman ) gangabu bus park So sir I hope you help me ( my mother small work shop & my father have a no job Some time help my mother I have a more than experience (delivery boy with bike license

  •  0 Reply
  • Gorakh bahadur rasaili

    Aug. 13, 2022, 8:53 a.m.

    I have been sitting in Malaysia for the first 4 years and have also worked. Security in Malaysia Still I want to go to Malaysia again. can you send me to malaysia?

  •  0 Reply
  • Pasangtamang

    July 12, 2022, 12:39 p.m.

    im interested

  •  0 Reply
  • Tika ram pokhrel

    July 7, 2022, 6:40 p.m.

    म मलेसिया बसेर आएको, मा पनि जान चाहन्छु /

  •  0 Reply
  • Birendra Singh bohara

    July 7, 2022, 5:28 p.m.

    I'm interested

  •  0 Reply
  • राजेश चौधरी

    July 7, 2022, 5:25 p.m.

    कति गते अन्तरवार्ता हुन्छ ?

  •  0 Reply
  • GYANENDRA PRASAD CHAUDHARY

    July 7, 2022, 12:26 p.m.

    Thank you for the opportunity. I want to work at Malaysia.

  •  0 Reply
  • Jiban Kumar raut

    July 7, 2022, 10:32 a.m.

    म पनि जान चाहन्छु तर म संग अनुभव छैन के काम हुन्छ भने interview ma आउँछु

  •  0 Reply
  • Bivek kumar sah

    July 6, 2022, 10:53 p.m.

    i need to go please contact me...

  •  0 Reply
  • Govind Raj Joshi

    July 6, 2022, 11:38 a.m.

    I want sir can u info where is ur embassy in Nepal information plz i want to apply this company but i don't know where is ur embassy

  •  0 Reply
  • Arjun raut

    July 6, 2022, 10:48 a.m.

    काम के गर्नु पर्छ sir

  •  0 Reply
  • Man bdr khojwar

    July 5, 2022, 11:38 p.m.

    Ok

  •  0 Reply
  • Padam thapa

    July 5, 2022, 10:02 p.m.

    मलाई जान मन छ /

  •  0 Reply
  • Bhim purkoti

    July 5, 2022, 9:54 p.m.

    I want to work at malaysia with free visa and free ticket . Also without any charge. please mention here about process.

  •  0 Reply
  • देउमान तामाङ

    July 5, 2022, 9:28 p.m.

    मेनपावर को सम्पर्क पाउन

  •  0 Reply
  • Dan singh bist

    July 5, 2022, 9:10 p.m.

    म दान सिंह बिस्ट कैलाली को धनगढी देखि हो यो मेन्पावर मलाइ धेरै मन परो म र मेरो मेडम दुइटै मलेसिया जान चाहान्छौ तर मेरो मेडम पढेको छैन के गर्ने होला टेन्सनमा छु रिण धेरै छ म पहिले गएर आको हो corona लागेर घर फर्केको हो पिलिज केहि गर्न सकिन्छ भने .....

  •  0 Reply
  • Sanjay kumar thakur

    July 5, 2022, 8:40 p.m.

    I want to go Malaysia

  •  0 Reply
  • Govind Raj Joshi

    July 5, 2022, 8:30 p.m.

    Be Honest About Your Knowledge. In this article, we will go over tips to ace your IT interview: Thank You for ur geving opportunity. Sir....🙏

  •  0 Reply
  • Govind Bahadur aidee

    July 5, 2022, 8:27 p.m.

    Good

  •  0 Reply
  • मन बहादुर बिश्वोकर्मा

    July 5, 2022, 8:24 p.m.

    नमस्ते हजुर, म तेर्हथुम बाट हो। म पहिले मलेशिया म बसेको हो। एक चोटि फेरि मलेशिया जान मन छ। कृपया मलाइ सहयोग गरिदिनु होला।मेन्पावर कम्पनिको नम्बर उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु।

  •  0 Reply
  • Bipan Adhikari

    July 5, 2022, 8:14 p.m.

    Dear Sir/Madam I just read about the job opportunity that you posted. Due to the weak financial condition of my family I was willing for a foreign employment so far. I'm +2 graduate in management steam with good GPA. But due to recent pedemic I'm afraid of my future. So if you offer me this job I'll will put my 100% effort on wirk to satisfy the need of the company. Thank You.

  •  0 Reply
  • Hitesh jha

    July 5, 2022, 8:10 p.m.

    यो कम्पनी प्रति म सन्तुष्ट छु /

  •  0 Reply
  • Rajkumar koirala

    July 5, 2022, 7:59 p.m.

    Tell ne more about this???

  •  0 Reply
  • Khubi raj rai

    July 5, 2022, 7:34 p.m.

    I want Job for malaysia

  •  0 Reply
  • राज श्रेष्ठ

    July 5, 2022, 7:29 p.m.

    योग्यता कति चाहिन्छ होला विश्त्रीत रुपमा जान्नु पाय हुन्थियो🙏

  •  0 Reply
  • जीवन खतिवडा

    July 5, 2022, 7:03 p.m.

    अन्तरबार्ता सकिएको छनै र अझै बाकी छ भने म पनि जान चाहान्छु।

  •  1 Reply

तपाईको प्रतिक्रिया