बाजुराको बूढीगङ्गामा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

 असार २५, २०७९ शनिबार ७:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ ।

पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मतसहित बानियाँलाई पछ्याइरहनुभएको छ ।

त्यसैगरी उपमेयरका एमालेका उम्मेदवार मायाँ कुवँरले १ हजार ५ सय ५७ र कांग्रेसका रीता शाहीले १ हजार १० मत प्राप्त गर्नुभएको छ । वडा १ र १० को मतगणना सकिएको छ । अहिले वडा २ र ९ को गणना भइरहेको छ ।

वडा १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापा पराजित हुनुभयो । विजयी रणबहादुर थापाले ३ सय ५३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत ल्याउनुभयो ।

त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा पराजित हुनुभएको छ । विजयी साउदले ५ सय ४८ मत प्राप्त गर्नुभयो भने पराजित बुढाले ४ सय ९१ मत ल्याउनुभयो ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया