बूढीगङ्गाकाे मेयर र उपमेयरमा एमाले विजयी

 असार २६, २०७९ आइतबार १३:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत ल्याउनुभयो ।

बूढीगङ्गाका १० वटा वडामध्ये सात वटा एमालेले जितेको छ । तीन वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न गएको बिहीवार पुनः मतदान भएको थियो । गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुनः मतदान गरेको हो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया