निवर्तमान वडाध्यक्षको शिलालेख मोह, आफ्नाे कार्यकालकाे कामकाे विवरण राख्न खाेज्दा विवाद

 साउन ५, २०७९ बिहिबार १६:९:५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा शिलालेखको विषयमा विवाद उत्पन्न भएको छ । निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालको कामको शिलालेख राख्न खोज्दा बिहीवार तनाव उत्पन्न भएको हो ।

निवर्तमान वडाध्यक्ष सुवेदीको नेतृत्वमा आएको एक समूहले वडा कार्यालयको भित्तामा जबर्जस्ती तोडफोड गर्दै शिलालेख राख्न लागेपछि मात्रै आफूहरूलाई जानकारी भएको वडाध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।

निवर्तमान वडाध्यक्ष सुवेदीले नागरिककाे सहयोगबाट वडा कार्यालयले ट्र्याक्टर खरिद गरेको जानकारी दिँदै सहयोगीदाता र उपभोक्ता समिति तथा वडा समितिको नाम भएको शिलालेख राख्न नदिनु दुःखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले विगतमा शिलालेख राख्न समय अभाव भएपछि वर्तमान वडा नेतृत्वलाई शिलालेख राख्न सहयोग गरिदिन लिखित अनुरोध गरे पनि सुनुवाइ नभएपछि स्थानीयहरू आफैँ शिलालेख राख्न बाध्य भएर आएको दाबी गर्नुभयो ।

शिलालेखको विषयमा सहमति नभएपछि तयार पारिएका तीन वटै शिलालेख जिल्ला प्रहरी कार्यालय बाँकेको संरक्षणमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया