नागरिकता विधेयक फिर्ता भएकाेबारे एमालेले स्वागत र विराेध केही पनि गरेकाे छैन : नेम्वाङ

 साउन ३०, २०७९ सोमबार १४:४४:१२ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल तस्बिर

अर्घाखाँची – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएको विषयलाई पार्टीले स्वागत र विरोध केही पनि नगरेको बताउनुभएको छ । संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको भन्दै त्यसमा एमालेले कुनै टिप्पणी नगर्ने उहाँको भनाइ छ । 

प्रेस चौतारी अर्घाखाँचीले आज सोमवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेता नेम्वाङले पार्टीले आउँदो चुनावका लागि तयारी पूरा गरिसकेको र एक्लै अगाडि बढ्ने दाबी गर्नुभयो । 
आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट फेरि एमाले सरकारमा आउने उहाँले दाबी गर्नुभयो । एमालेले जनप्रिय काम गरेकाले फेरि सरकारमा आउने उहाँको भनाइ थियो । आउँदो चुनावमा आफूहरूका लागि चुनौती रहे पनि मिल्न सक्ने दलहरूसँग संवाद पनि भइरहेको उहाँले बताउनुभयो । 

गएको पालिका चुनावमा एमालेलाई जनताले लोकप्रिय मत दिएकाले अबको चुनावमा समेत एमाले पहिलो पार्टी बन्ने नेता नेम्वाङले जिकिर गर्नुभयो । पार्टीभित्रको आन्तरिक समस्याले पालिका चुनावमा सोचेअनुसार परिणाम आउन नसकेको भन्दै उहाँले मङ्सिर ४ गते हुने चुनावमा कमजोरीलाई सच्चाएर अगाडि बढ्ने बताउनुभयो । 

एमालेले देशैभर सञ्चालन गरेको पार्टी प्रशिक्षण कार्यक्रमअन्तर्गत अर्घाखाँची आउनुभएका उपाध्यक्ष नेम्वाङले ११ सय जना नेता, कार्यकर्तालाई प्रशिक्षित गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया