तीज गीतमा सहकारीका कुरा

 भदौ ४, २०७९ शनिबार १८:५७:३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कका महिलाहरुले तीज गीतमा पनि सहकारीका कुरा गरेका छन् । पहिला पहिला घर परिवारका कुरा, घरमा सासू, नन्द आमाजू र श्रीमानले दिएका पीडा र घरका कुराहरु पोख्ने महिलाहरुले तीज गीतमा वचत गर्ने बानीको विकास गर्न सिकाएका छन् । 

सहकारीका सात सिद्धान्त, थोरै थोरै गरेर बचत गर्न सकेमा भविष्यमा आउने संकटको समाधान हुने तथा केही गरेर आर्थिक स्वरोजगार बन्न पनि गीत मार्फत आग्रह गरेका छन् । खर्च कटाएर वचत गर्ने बानीको विकास गर्ने कुरा मात्र हैन । सरकारले अगाडि सारेको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी भएको पनि गीत मार्फतनै व्यक्त गरेका छन् । उनीहरुले सहकारीमा कारोबार गर्दा आधिकारिक र दर्तावाला हो हैन सबै हेरेर कारोबार गर्न पनि सिकाएका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्वर २ चुत्राबेसीमा रहेको त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको महिला सशक्तीकरण तथा तीज विशेष कार्यक्रममा गीत गाउने सहकारीका सदस्यहरुले गीत मार्फत सहकारीको वर्णन गरेका छन् । सहकारीले सहकारीका सदस्यहरुबीच तीज गीत प्रतियोगिताको आयोजना गरेको थियो । 

सहकारीका सात समूहले भाग लिएको तीज गीत प्रतियोगीतामा  प्रगति बजार र मसाल बजारको समूहका २ समूह प्रथम, भक्तिटोल, सिद्धेश्वर समूह दाेस्राे र कान्ती पथको समूह तेस्राे भएका छन् । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने समूहले क्रमश ५ हजार, ४५ सय र चार हजार रुपैयाँ प्राप्त गरेको सहकारीका व्यवस्थापक तुल्सीराम खनालले बताउनुभयो । सहभागीहरु सबै टिमलाई २५ सय रुपैयाँका दरले प्रदान गरिएको छ । 

तीज विशेष कार्यक्रम सहकारीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र सदस्य मिरा केसी सेजवालको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया