डोटीमा द्वन्द्वपीडितका कथामा आधारित फोटो प्रदर्शनी

 भदौ २६, २०७९ आइतबार १०:४७:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको सिलगढीमा द्वन्द्वपीडितका कथामा आधारित फोटो प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।

शैलेश्वरी मन्दिर प्राङ्गणमा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । फोटो प्रदर्शनीमा युद्धका जीवित स्मृतिहरू लेखिएका १४ जनाका कथाहरु रहेकाे आयोजकले जनाएको छ।

विगतका समयमा भएका घटनाहरुबाट पाठ सिकेर आउँदाे दिनमा त्यस्ता घटना दोहोरिन नदिन तथा दश वर्षे द्वन्द्वका बेला भएका घटना र द्वन्द्वको असर के थियो भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिनु फोटो प्रदर्शनी कार्यक्रमको उद्देश्य रहेको अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिनुभयो। 

दश वर्षे द्वन्द्वका बेला आफू जस्ता कयौँ नागरिकले भोगेका कुराहरुलाई बाहिर ल्याउँदा न्यायको खोजीमा हिँडिरहेका द्वन्द्वपीडितहरुलाई साहस मिल्ने उहाँको भनाइ छ । 

कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको फोटो प्रदर्शनी कार्यक्रम डोटीमा पनि आयोजना गरिएको हो । सुर्खेत, कालीकोट, अछाम हुँदै डोटीको पुगेको पहिलो चरणको फोटो प्रदर्शनी यात्रा डडेलधुरा, कञ्चनपुर हुँदै कैलालीको धनगढी पुगेर अन्त्य हुने अध्यक्ष खत्रीले बताउनुभयो। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया