मेयर कप भलिबल हेर्न सार्वजनिक बिदा

 असोज ९, २०७९ आइतबार १४:३३:५६ | रासस
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज आइतवार सार्वजनिक बिदा दिएको छ । 

असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताउनुभयो । 

नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो । 

प्रतियोगितामा ताप्लेजुङका सबै पालिकाले उत्साहजनक भाग लिएका आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवम् खेल संयोजक क्षितिज सुनुवारले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुनेले दुई लाख ७५ हजार एक सय रुपैयाँका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले एक लाख ४० हजार एक सय र सेमिफाइनलमा पुग्ने दुई समूहलाई तृतीय पुरस्कारस्वरूप ४५ हजार एक सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया