अर्घाखाँची : डम्मरु दहमा डुबेर १ जनाकाे ज्यान गयाे

 असोज १६, २०७९ आइतबार १९:१६:११ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको डम्मरु दहमा डुबेर एक जनाको ज्यान गएको छ ।

शितगंगा वडा नम्बर ३ ठाडामा रहेको डम्मरु दहमा डुबेर स्थानीयवासी ३७ वर्षीय खिमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताउनुभयो ।

आज आइतवार बिहान झन्डै ८ बजेतिर दहमा हाम फालेकाे देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयवासीले पानीमुनि हिलोमा गाडिएकाे अवस्थामा उद्धार गरेका थिए । उद्धारपछि नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्‍याइएकोमा उनकाे ज्यान गइसकेकाे थियाे ।  

नेपालीका श्रीमती रोजगारीका लागि भारतमा छिन् । मृतक नेपाली आमा र दुई छोरीसँग बस्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया