एसियाकै ठूलो भगवतीको मूर्तिमा सेल्फी खिच्ने बढे

 असोज १८, २०७९ मंगलबार ९:११:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भक्तजनको भीड बढेको छ ।

दशैँका अवसरमा विशेष पूजाआजा हुने आस्थाको धरोहरको रुपमा रहेको यस अर्घा दरबार र अर्घा भगवतीको मन्दिरमा देवी भगवतीको पूजाआजा गर्नेको भीड बढेको हो । अहिले दैनिक झन्डै ५ हजारको हाराहारीमा मन्दिरमा मानिसहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।

चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकिकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास रहेको छ ।

बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने ठाउँका रुपमा रहेको यहाँ अहिले महाकाली मन्दिर, दरबार रहेका छन् । पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ ।

अर्घा मन्दिरमा एसियाकै ठूलो भगवती देवीको मूर्ति प्रतिस्थापन गरिएपछि मन्दिरमा आकर्षण बढेको छ । अहिले मन्दिरमा दर्शन गर्ने र मूर्तिसँगै फोटो तथा सेल्फी खिच्नेहरुको संख्या पनि बढेको छ ।

लुम्बिनीमा आएका पर्यटकहरु तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरुलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमल प्रसाद भुसालले मूर्ति स्थापना गर्न मुख्य पहल गर्नु भएको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै, सुपा देउराली, गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकहरुलाई अर्घा दरबारमा लैजाने उदेश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमल प्रसाद भुसालको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया