अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

 असोज २८, २०७९ शुक्रबार १६:३९:१७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार एक जनामात्र रहेकी छिन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि एक जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।  

प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका लागि ११,  प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि सात जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयाे ।  

राजनीतिक दलहरूले महिलाका लागि भनेर लाेकप्रिय नारा, सस्ता कार्यक्रम लिएर आए पनि प्रत्यक्षतर्फ सन्ताेषजनकरूपमा उम्मेदवार बनाउन सकेका छैनन् । संविधानले महिलाका लागि अरक्षण तथा समानुपातिकको व्यवस्था गरे पनि प्रत्यक्षतर्फ महिलाकाे उम्मेदवारी निकै कम रहेको छ । 

२०६४ सालको संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र नम्बर २ बाट जित्नुभएकी भुसाल यसपालि अर्घाखाँचीमा एकमात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पूर्व उपसभामुखसमेत रहनुभएकी भुसाल नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य पनि हुनुहुन्छ । 

अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि कांग्रेसबाट भुसाल र नेकपा एमालेबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदुर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट मधुबहादुर सारुकाे उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत सुरेश भट्टराईले बताउनुभयो । 

प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनका तर्फबाट राजमोका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपालीलगायतले उम्मेदवारी दर्ता भएकाे छ ।  

प्रदेश सभा (ख) का लागि नेपाली कांग्रेसबाट कमलप्रसाद भुसाल, एमालेबाट रामजीप्रसाद घिमिरे, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीवी अर्याललगायतले उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत महेश खनालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया