लङ जम्पमा सशस्त्रका देवान र आर्मीकी जयरानीको कीर्तिमानी स्वर्ण

 कात्तिक १, २०७९ मंगलबार १३:१०:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् ।

उनले मंगलबार बिहान भएको प्रतिस्पर्धामा ७ दशमलव ०६ मिटर दूरी जम्प गर्दै स्वर्ण जितेका हुन् ।

एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७ मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् ।

त्यसै गरी एथलेटिक्स महिला लङ जम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले पोखरा रंगशालामा ५ दशमलव ५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

यस इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ मा राखेको ५ दशमलव ४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

लुम्बिनीकी निशा चौधरीले ५ दशमलव ४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य जितिन् ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया