अर्घाखाँचीमा अरिङ्गालकाे टाेकाइबाट एक जनाकाे ज्यान गयाे

 कात्तिक ३, २०७९ बिहिबार १७:५३:१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगामा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टाेकेकाे थियाे । अरिङ्गलाले टाेकेर गम्भीर घाइते भएकी सारुकाे उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया