धादिङको विकासका लागि एमालेले जित्नै पर्छ : अध्यक्ष ओली

 कात्तिक २०, २०७९ आइतबार २०:११:४९ | सिताराम अधिकारी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने जिकिर गर्नुभएकाे छ । 

आज आइतवार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निरीक्षण गर्न आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्तालाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने जिकिर गर्नुभएकाे हाे । आफू प्रधानमन्त्री भएका बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उहाँकाे भनाइ थियाे । 

यो सुरुङ मार्ग अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा शिलान्यास गर्नुभएको थियो । झन्डै तीन किलोमिटर लम्बाइ रहेको यो सुरुङ मार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । अहिलेसम्म धादिङतर्फबाट साढे आठ सय मिटर सुरुङ खनिएको बताइएको छ । 

चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग पनि धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले यसकाे निर्माण एमालेबाहेक अरूले गर्न नसक्ने अध्यक्ष ओलीले दाबी गर्नुभयो । सडक निर्माणका कारण धादिङ अब दुर्गम नरहेको उहाँले बताउनुभयो ।

आफ्नाे स्वागतका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धादिङमा एमालेले जित्ने दाबी गर्दै पार्टी छाडेर जानेहरूलाई एमालेमै फर्किन आग्रह पनि गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया