माधव नेपाल ५ हजार मतान्तरले अगाडि

 मंसिर ७, २०७९ बुधबार २०:१०:४९ | मदन ठाकुर
unn.prixa.net

रौतहट – रौतहट क्षेत्र नम्बर १ मा ५ हजार १ मतान्तरसहित एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत गणनाअनुसार नेपालले २३ हजार ८ सय ४० मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले १८ हजार ८ सय ३९ मतसहित पछ्याइरहनुभएको छ । यस्तै रौतहट क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार किरण साहले अग्रता बनाउनुभएको छ ।

उहाँ नेपाली कांग्रेसका फरदोस आलमभन्दा १५ सय ३२ मतले अघि हुनुहुन्छ । साहले १३ हजार ७८० मत पाउनुभएको छ भने कांग्रेसका आलमको १२ हजार २४८ मत रहेको छ । 

यस्तै रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राख्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालभन्दा प्रभु साह २२ सय ८८ मतले अघि हुनुहुन्छ । साहले १३ हजार १ सय ५३ मत प्राप्त गर्नुभएको छ भने जयसवालको १० हजार ८ सय ६५ मत रहेको छ । 

रौतहट ४ मा भने नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनाले अग्रता कायम राख्नुभएको छ । उहाँ २० हजार ३१ मतान्तरसहित एमाले उम्मेदवार उद्धव रेग्मीभन्दा अघि हुनुहुन्छ ।

तिमिल्सिनाले १९ हजार ७४ मत पाउनुभएको छ भने रेग्मीले १७ हजार ४३ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया