अर्घाखाँचीमा प्रतिनिधि सभासहित तीन वटै सिटमा एमाले : रायमाझी लगातार  चौथो पटक विजयी

 मंसिर ७, २०७९ बिहिबार ०:५:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची  – एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीन वटै सिटमा एमाले विजयी भएको छ ।  प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले  ४२ हजार ६ सय ७५ मत लिएर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभएको हो । रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ गरि ४ पटक विजयी हुनुभएको छ । हाल रायमाझी नेकपा एमाले केन्द्रीय सचिव रहनुभएको छ  पुर्व उपप्रधानमन्त्री भइसक्नुभएका रायमाझीले पटक पटक मन्त्री भइसक्नुभएको छ । 

प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७सय ७८ मत प्राप्त गर्नु भएको छ । आचार्य २०७४ सालमा पनि यहीँ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी हुनुभएकाे थियाे । लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । 

यस्तै प्रदेश सभा ख मा नेकपा एमालेका उम्मेदवार रामजिप्रसाद घिमिरे विजयी हुनुभएको छ । घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गर्नुभयो । घिमिरेले  ८ सय १ मतअन्तरले विजयी हुनुभएको हो । घिमिरे निवर्तमान प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत रहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया