पाँचथरमा  प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

 मंसिर ८, २०७९ बिहिबार १२:१५:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ । 

प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो ।

यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गर्नुभएको हो । 

जबेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीले १६ हजार २ सय ४ मत ल्याउनुभयो । जबेगुले भण्डारीलाई ६ सय ३३ मतले पराजित गर्नुभएको हो । प्रदेश सभातर्फ २ र प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको  जिल्लामा अहिले प्रतिनिधि सभाको मत गणना भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया